Friday, September 29, 2017

चिकित्सक हड्ताल: ' बन्द|| भएपनि 'इमर्जेन्सी'बाट सेवा'

नेपाल सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति हुन नसकेपछि आफ्नो आन्दोलन जारी रहने तर त्यसबाट दशैंको बेला स्वास्थ्य सेवा प्रभावित नहुने नेपाल चिकित्सक संघले जनाएको छ।
नेपाल चिकित्सक संघले केही दिनदेखि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई 'जेल विथआउट बेल' अर्थात धरौटी विना कैद सजाय दिइनुपर्ने लगायतका माग राख्दै देशैभरका अस्पतालमा बहिरंग सेवा बहिष्कार गरिरहेको छ।
त्यसप्रति गम्भीर चिन्ताहरु व्यक्त भएका छन्।
तर संघका एक पदाधिकारी डाक्टर लोचन कार्कीले बीबीसीसँग भने, "हामीले गरेको आन्दोलनले अत्यावश्यक सेवा प्रभावित हुँदैन र 'एमरजेन्सी' कक्षबाट दशैंका बेला पनि हाम्रो सेवा जारी रहनेछ।"
चिकित्सक आन्दोलनले बिरामी मारमा

तनाव

"उहाँको सुरक्षाको माग लाई कानूनमार्फत सम्बोधन गर्दैछौं। मैले उहाँहरुलाई सुरक्षाको प्रत्याभूति दिन गृहमन्त्रीसँग पनि कुरा गरिसकेको छु।"
चिकित्सक संघका डाक्टर कार्कीले चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएकोले अन्योल बढेको तर उनी फर्किए लगत्तै सम्भवतः आफ्ना माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्।

No comments:

Post a Comment

Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it